FAQs Complain Problems

वनगाड पुपिण्डे नगरपालिको एक संछिप्त परिचय ||

नेपालको मध्यपश्चिम स्थित बनगाड कुपिन्ड़े नगरपालिका ६ नं. प्रदेश अन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्बत शृंखला मध्यभागमा अबस्थित छ | पूर्वमा कुमाखमालिका तथा ढोरचौर गाउपलिका, पश्चिममा सुर्खेत जिल्ला, उतरमा जाजरकोट जिल्ला र दछिणमा शारदा नगरपलिका तथा कालिमाटी गाउपलिका छन् |करिब ३३८.२१ व .कि.मि . छेत्रफल रहेको यस नगरपालिका समुन्द्र सतहबाट ५५०  मीटरदेखि २३०० मीटरको उचाइमा रहेको छ | प्राकृतिक सम्पदा सांस्कृति विविधताले भरिएको यस नगरपालिकामा अवस्थित कुपिन्ड़ेदह र निगालचुला हिमाल मुख्य पर्यटकिय महत्वोको स्थान हो |

यस नगरपालिका नेपाल सरकारद्वारा गाउपलिका नगरपालिकातथा विशेस , संरछित वा स्वायत् छेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको प्रतिबेदन अनुसार २०७३ फाल्गुन २७ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार घोसण गरिएको हो |साविकका ७ गा .वि . स . हरु देवस्थल , वामे , मुलखोला, घांजरीपिपल, कुपिन्ड़े दह, माँझकाडा र निगालचुलालाइ मिलाएर स्थापना गरिएको यस नगरपालिकामा १२ वडा रहेका छन् |साविक देवस्थल, बामे, घांजरीपिपल, मूलखोला गा .वि . स . मा प्रचलित बनगाडी संस्कृति र सल्यान जिल्लालाई नै रास्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन सफल कुपिन्ड़ेदहको संयोजनबाट बनगाड कुपिन्ड़े नगरपालिका नामकरण गरिएको हो ||  

प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघि, होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।